सोसल मिडिया
Contact Us
युनिकोड
ताप्लेजुङ । नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला कार्यसमितिका कार्यवाहक सभापति पृथ्वीमान पालुङवाको नेतृत्वमा अस्पतालका बिरामीहरूको बेडमै पुगी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै फलफूल वितरण गरेको थियो । सभापति पालुङवाका अनुसार नेपाल तरुण दल ताप्लेजुङले विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरू गर्दै स्थापना दिवस मनाउने क्रममा यस पटक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको आयोजकले जनाएको छ । बिरामीहरूलाई तरुण दलका नेताहरूले स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका थिए ।