सभापति देउवाद्वारा पन्थीको निधनप्रति दुःख व्यक्त

सोमबार, साउन ९, २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खगेश्वर पन्थीको निधनप्रति दुःख व्यक्त गरेका छन्  ।  सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका ८३ वर्षीय पिता खगेश्वरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका  हुन । सभापति देउवाले स्व पन्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चीरशान्तिको कामना एवं जिल्ला सभापति पन्थीलगायत समस्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना व्यक्त गरे    ।

     पन्थीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा यही साउन ४ गते निधन भएको हो । स्व पन्थी साविक नेपाली कांग्रेस अर्थले गाउँ कार्यसमितिका पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो । सामाजिक क्षेत्रमा संलग्न रहँदै आउनुभएका स्व पन्थीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । पन्थीको निधन कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको मुख्यसचिव पौडेलद्वारा जारी शोक विज्ञप्तीमा भनिएको छ   ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार