सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

आइतबार, साउन ८, २०७९

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारमिा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका  छन्  । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए  ।
उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे  । उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे  । उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएको जनाइएको छ । अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका  छन्  । उनले पुराना बस हटाउन पनि अनुरोध गरेका  छन्  ।  रासस
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार