पुँजीवादीहरूमा उदारता आएर होइन मजदुरहरुकै कारण अहिलेको अवस्था आएको हो : ओली

शनिबार, साउन ७, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व अहिलेको स्थितिमा भइरहेको विकास र आधुनिकता मजदुरहरूकै कारण भएको बताएका छन् । विश्वका विभिन्न देशमा मजदुर युनियन आवश्यक नै नभएको भनेर अभियान समेत चलेको तर पछि उनी मजदुहरूबाटै विश्वमा परिवर्तन सम्भव भएको बताए । 

काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले पुँजीवादीहरूका कारण विश्वमा परिवर्तन भएको हो की जस्तो देखिए पनि त्यस नभएको उनले बताए । उनी यो परिवर्तन हाम्रो संघर्षको परिणम भएको उनको भनाइ थियो । 

कार्यक्रममा उनले नेपालमा पनि भएका जति पनि सुधार छन सबै मजुदरकै कारण भएको बताए । उनले कार्यक्षेत्रमा महिला पुरुष बराबरी, कार्यस्थल सुरक्षा, बिमा, ज्यालमा समानाता, समाजिक सुरक्षा जस्ता सबै सुधार मजदुरकै कारण भएको बताए । तीन वर्ष अघि अर्थात सन् २०१९ मा आफू आइएलओमा जाँदा पनि त्यहाँ नेपाली मजदुरहरुको योगदानको प्रशंसा भएको सुनाए ।  

कार्यक्रममा उनले नेपालको भविष्य र सुसासनको मजदुरहरुमै निर्भर रहेको बताए । साथै, समृद्ध नेपाल, सुखी नेपाली अभियान मजदुर आन्दोलन र मजदुर युनियनकै उपार्जन भएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार