राप्रपा नेपाल उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनित

शनिबार, साउन ७, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सह–महामन्त्री  पदमा दमन बस्नेतलाई मनोनित भएका छन । अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह–महामन्त्रीमा मनोनित गरेका हुन ।

294950697_542511440906725_3531081844881785683_n.jpg1658560609.jpg

अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए । आगामी दिनमा आबश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार