नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल सुरु

शुक्रबार, साउन ६, २०७९

काठमाडौं,।  प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ ।प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे । शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे  थियाे । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे । अहिले नेपालकाे नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ माथिकाे दफावार छलफल चलिरहेकाे छ ।  

 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार