लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन भदौमा 

बिहीबार, साउन ५, २०७९

खोटाङ,  । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ ।महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटिको सह–संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज राई छन् ।  अधिवेशनका लागि १७ जातिय घटक संगठनहरूको इन्चार्ज र संयोजक तोकिएको आयोजक कमिटीका संयोजक राईले बताए । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा महासंघको प्रदेश स्तरीय भर्चुअल बैठक बसेको हो । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार