प्रचण्ड र नारायणकाजीबीच डेढ घण्टा छलफल

बुधबार, साउन ४, २०७९

काठमाडौं, ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ ।भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम एकताका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार