कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सोमबार, साउन २, २०७९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार