अजित डोभलसँग दुई घण्टा एक्लै छलफल गरेँ : प्रचण्ड

आइतबार, साउन १, २०७९

काठमाडौ  ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताएका छन् । तीनदिने भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले डोभलसँग लामो छलफल गरेको बताए । डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको उनले बताए । उनले उक्त भेटमा आफूले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको दाबी पनि गरे । प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि लामो भेट भएको बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार