सभामुखद्वारा उपसभामुखलाई पद तथा गोपनीयताको शपथ

आइतबार, साउन १, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले नवविर्चाचित उपसभामुखमा पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन्  । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा सभामुख सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका  हुन  । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।   प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियोे । उनी १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन्  । रासस 
 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार