उपसभामुख भुसालको सपथ शीतल निवासमा अपरान्ह ४ बजे

आइतबार, साउन १, २०७९

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार सपथ लिने भएकी छन् । 

शुक्रवार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने भएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ४ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराउने छन् । दाेस्राे प्रयासमा भुसाल उपसभामुखमा विजयी भएकी हुन् ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार