थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

बुधबार, असार ८, २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १० जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार ९३३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार