प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट

आइतबार, मंसिर ६, २०८३

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच भएको शिष्टाचार भेट भएको छ ।  नयाँ दिल्लीस्थित होटल ताजमहलमा साँझ ६ बजेपछि भएको उक्त शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।  उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेका छन् ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारतमा छन् ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेश मन्त्री एस जयशंकर भारतको राजधानी नयाँदिल्लीस्थित ताज होटेल पुगेका हुन् । 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार