सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि हिरासतमा राखेर थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई चार दिनको समय दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयमार्फत शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवाबापत शुल्क असुलिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ । भारतमा पक्राउ परेका अर्याललाई बिहीबार काठमाडौँ ल्याइएको थियो ।