सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी आफैं स्कुटर चलाएर मासु पसल निरिक्षणमा गएकी छन् । मन्त्री चौधरीले आज काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी हुन् । मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न उनले कोल्ड स्टोरेजको निरीक्षण गरेकी हुन् । मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन मन्त्री चौधरीले अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा उनले कोल्ड स्टोरेजमा भण्डारण गरिएको मासुको अवस्था, सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन् । मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना गर्नुपर्नेमा जोड दिएकी छन् ।