ट्राफिक व्यवस्थापनमा ललितपुर महानगरपालिकाले चाल्यो विशेष कदम 

पाटन दरबार स्क्वायरभित्र सवारी साधन निषेध
सोमबार, असार ६, २०७९

ललितपुर । ललितपुर महानगरपालिकामा जनप्रतिनिधि आएसँगै ट्राफिक व्यवस्थापनका लागि ठोस नीति कार्यान्वयनमा आएको छ । महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गतिलो नहुँदा सडक दुर्घटना बढेको भन्दै महानगरले विशेष योजना लागू गर्ने निर्णय गरेको जानकारी दिए । महानगरपालिकाले विश्वसम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने भएको छ ।

ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण तथा महानगरको ट्राफिक व्यवस्थापनका लागि दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध गर्न लागेको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरे । दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि महानगरद्धारा आयोजित पहिलो औपचारिक कार्यक्रममा महानगर प्रमुख चिरीबाबुले २१ बुँदे ट्राफिक व्यवस्थापनको योजना सार्वजनिक गरेका हुन् । 
उनले सार्वजनिक गरेको योजना अनुसार वाग्मतीदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने, बखुण्डोलबाट झम्सिखेलतर्फ जाने चारपांग्रे सवारीसाधनलाई बिहान ७ देखि बेलुका ८ बजेसम्म एकतर्फफ गर्ने, अस्पताल र विद्यालय अगाडि जेब्राक्रसिङमा संकेत बत्तीको व्यवस्था गर्ने, पैदलयात्रु हिँड्ने ठाउँमा फुटपाथ पसल राख्न नदिने, पेटी वा सडकमा अवरोध हुनेगरी निर्माण सामग्रीहरु राख्न नदिने, सवारी दुर्घटना कम गर्न मुख्य–मुख्य सडकहरुमा सडक बत्तीको व्यवस्था गर्ने महानगरको योजना छ ।
ललितपुर महानगरले व्यवस्थापन गरेको ३२ दशमलब ५ किलोमिटर साइकल लेनमा सवारी पार्क गर्न नपाउने प्रमुख महर्जनले बताए ।  ‘साइकल लेनलाई थप व्यवस्थित बनाउन पुनः रङ्गरोगन गर्ने तयारी छ,’ उनले भने,‘ महानगर क्षेत्रभित्र पर्ने १५ दशमलव ८ किलोमिटर चक्रपथमा समेत साइकल लेनको लागि टेन्डर भइसकेको छ ।’
लगनखेलमा बसपार्क सानो भएकाले बसपार्कलाई बस स्टपमा परिणत गरी रुट अनुसार एक वा दुई वटा मात्र सवारी साधन रोक्न दिने व्यवस्था गर्ने, लगनखेल बसपार्कबाट बिहान र बेलुका छुट्ने सार्वजनिक सवारी साधनको समय निश्चित गर्ने, लगखेलमा रातीको समयमा कुनै पनि सवारी पार्क गर्न नदिने, चोक–चोकमा ट्याक्सी पार्किङ्गको व्यवस्था गर्ने, लगनखेल र जावलाखेलको ६ स्थानमा बहुतले पार्किङको व्यवस्था गर्ने योजना छ । 
सपिङ्ग मल र व्यवसायिक भवनहरुमा पार्किङसहित नक्सा पास गरेकोमा पार्किङ उपयोग गरेको छ–छैन अनुगमन गर्ने र पार्किङ प्रयोगमा नआएको पाइएमा पार्किङको व्यवस्था अनिवार्य गराउने, बढी दुर्घटना हुने स्थानमा विशेष बत्तीको व्यवस्था गर्ने, निषेधित क्षेत्रमा पार्क गरेको सवारीसाधनलाई स्थलगत कारबाही गर्ने, सडक विस्तार पश्चात बीचबीचमा भएको पोलहरु सम्बन्धित निकायलाई हटाउन लगाउने महानगर प्रमुख महर्जनको प्रतिबद्धता छ ।

विद्यालयहरुमा ट्राफिक शिक्षाको अभिमुखिकरण गर्ने, थापाथली पुलदेखि कानदेवतास्थानसम्म दुर्घटना हुनसक्ने गरी राखिएका सिमेन्टका ब्लकहरु हटाई प्लाष्टिकका डिभाइडर राख्ने, ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न नगरप्रहरीलाई तयारी अवस्थामा राखी हटलाइन ११३१ नम्बरलाई प्रयोगमा ल्याउने योजना गरेको महानगरले जनाएको छ ।
ट्राफिक व्यवस्थापन सहज बनाउन एकतर्फ व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गर्ने तथा अनाधिकृत रmपमा पार्किङ गरिएका सवारी साधनलाई व्यवस्थित गर्न र आवश्यक कारबाही गरी ट्राफिक व्यपस्थापन गर्न नगर प्रहरी परिचालन गरिएका तथा २४ घण्टा हटलाइन नम्बर ११३१ सञ्चालन गर्ने महर्जनले बताएका छन् । 
शहरी सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखी सिसिटिभी जडानका लागि जिल्ला प्रहरी जवालाखेलसँग समझदारी पत्रमा हस्ताक्षर गरी दुई करोड रकम व्यवस्थापन गरी कार्यान्वयन प्रक्रिया अगाडीबडाउने उनले बताए । 

पाटनढोका बस पार्कबाटपाटनढोका गेट तर्फ चारपाङग्रे सवारी साधनएकतर्फ गरिएको । महापालबाट ईखालखुतर्फ सवारी साधन निषेध गरिएको छ । लगनखेल ईटीटोलबाट मंगलबजारतर्फ चारपाङग्रे सवारी साधन एकतर्फ गरिएको । प्रयागपोखरीबाट इटीचोक चारपाङग्रे सवारी साधन एकतर्फी गरिएको । 
मंगलबजारदेखि नःटोल (पुल्चोक) सम्म चारपाङग्रे सवारी साधन एकतर्फी गरिएको छ । पाटनढोका बसपार्कलाई बस स्टपमा परिणत गरिएको । पाटनढोका भित्र अव्यवस्थित पार्किङ हटाई गमला, विश्राम वेञ्च राखी चोकमा राम्रो पारिएको छ । जवालाखेल भोटो देखाउने र मिननाथ रथ राख्ने स्थानमा भएरहेको अव्यवस्थित पार्किङ हटाई विश्रामस्थल र १८० वटा साना र ठूला गमला राख्ने योजना पनि ललितपुर महानगरपालिकाले बनाएको छ । शहरी सु्ुरक्षा र ट्राफिकव्यवस्थापनलाई ध्यानमा राखी सिसिटिभी जडानका लागि जिल्ला प्रहरी जवालाखेलसंग समझदारी पत्रमा हस्ताक्षर गरी दुई करोड रकम व्यवस्थापन गरी कार्यान्वयन प्रक्रिया प्रारम्भ भएको जानकारी दिइएको छ । लेनअनुशासन पालना र सवारी दुर्घटना कम गर्न महानगरका सडकहरूमा रबरका डिभाइडरहरू राखिएको छ ।  

chi1655734975.jpg
ललितपुर महानगरले यसअघि महापालबाट ईखालखुतर्फ सवारी साधन निषेध गरिसकेको छ । त्यस्तै, पाटनढोका बसपार्कबाट पाटनढोका गेटतर्फ, लगनखेल ईटिटोलबाट मंगलबजारतर्फ र प्रयागपोखरीबाट ईटीचोकतर्फ चारपांग्रे सवारीसाधन एकतर्फी (वान वे) गरिएको छ । महानगरले ट्राफिक व्यवस्थापन सहज बनाउन, अनधिकृत रुपमा पार्किङ गरिएका सवारी साधनलाई व्यवस्थित गर्न तथा आवश्यक कारबाही गर्न नगरप्रहरी परिचालन गरिएको महानगर प्रमुख महर्जनले बताए।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार