छ दिनपछि बल्ल चल्यो हुम्लामा इन्टरनेट सेवा 

शुक्रबार, चैत १३, २०७७

सिमकोट । हुम्लामा छ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट सञ्चालनमा आएको छ । कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा छ दिनदेखि अवरुद्ध सेवा मर्मतपछि बिहीबारदेखि पुनः सञ्चालन भएको छ ।  महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको थियो ।  प्राविधिक टोलीले महावु पुगेर मर्मत गरेरसेवा सञ्चालनमा आएको नेपाल टेलिकम शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ । हुम्लामा ८६ ल्यान्डलाइन टेलिफोन लाइनबाट इन्टरनेट सेवा प्रदान गरिएको छ । टेलिकमको नमस्ते र सिडिएमए सेवामा पनि आवाज नसुनिने समस्या देखिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार