Dashain Banner
Dashain Banner

सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८००

आइतबार, फागुन २९, २०७८

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु एक लाख दुई हजार १०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार