इरानको आणविक सम्झौताबारे भियनामा छलफल हुने

मंगलबार, माघ २५, २०७८

भिएना,२५ माघ । इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौतका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ । सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक सेवाले जानकारी दिएको छ । सो सेवाले दिएको जानकारी अनुसार भिएनामा आज यस विषयमा छलफल हुन लागेको हो । उक्त सम्झौताको बृहत कार्ययोजनाका विषयमा यसका साझेदारहरुका बीचमा मंगलबार कुराकानी हुने बताइएको हो । उक्त सम्झौतको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतमा अमेरिकी संलग्नतका बारेमा पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

यस सम्झौताको सही कार्यान्वयनका लागि समय समयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ । तर इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार