गोदावरी नगरपालिकाका कलाकार संगठित 

ललितपुर (चापागाउँ), ११ पुस । राष्ट्रिय संगीतकर्मी संघ ललितपुरले गोदावरी नगरपालिका भित्रका कलाकारहरुलाई संगठित गरी नयाँ कार्यसमिति चयन गरेको छ । 
ललितपुरको चापागाउँस्थित  जनभावना क्याम्पसमा शनिवार संघले आयोजना गरेको कार्यक्रममा गोदावरी नगरपालिका भित्रका कलाकारलाई समेटेर संघको शाखा पुनर्गठन गरिएको हो । कलाकारहरुको जमघटले अध्यक्षमा अनुप न्यौपाने, उपाध्यक्षमा सम्झना खडका, उमेश तामाङ, बाबुकृष्ण सापकोटा, कृष्ण कुमार महत, कोषाध्यक्षमा इन्दिरा बजगाइ, सचिवमा बिशाल तामाङ, सदस्य रत्नमान माली, प्रतिमा नेपाली, सुस्मिता अधिकारी,  श्रेया श्रेष्ठ सम्झना लामालाई चयन गरेको छ । 
कार्यक्रममा भाष्कर थापा, मिलन सिल्वाल , गिरि तिमल्सिना विशेष अतिथिका रुपमा सहभागी भएका थिए । यस्तै अनुप न्यौपाने, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष सुवास महत, उपाध्यक्ष सबिना दाहालको पनि उपस्थिति थियोे । 
कार्यक्रमका सभापति बिक्रम जङ शाहले कलाकारले नचाउने र हसाउने मात्र नभईकन दुःख पर्दा साथ र सहयोग दिने काम पनि गर्छ भन्ने कुरा दर्साउँने बताए । 
कार्यक्रममा नवगठित संघका सभापति अनुप न्यौपानेले कलाकारिता क्षेत्र लाई कसरी अगाडि बढाउने साथै अब आउँदा दिनमा सम्पुर्ण गोदावरी संगीत कर्मी सङ ले सक्रिय सहभागिता देखाउन सवैको सहयोग आवश्यक पर्ने बताए । 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार