गाउँपालिकाअध्यक्ष  कांग्रेस प्युठान सभापतिमा विजयी

बुधबार, मंसिर ८, २०७८

प्युठान, ८ मंसिर : नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी भएका छन् । 

मंगलबार राति सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतअन्तरले पराजित गरेक हुन् । गिरिले ५ सय ६६ मत पाउँदा रिजालले ४ सय ९४ मतमा चित्त बुझाए ।  गिरि गौमुखी गाउँपालिका अध्यक्षसमेत हुन् ।

१४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेकका पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार