सुनसरी १ मा पौडेल-कोइराला पक्षको प्यानलै विजयी

बुधबार, मंसिर ८, २०७८

सुनसरी :  सुनसरी क्षेत्र नम्बर एकको क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ । 

धरान ८ सभागृहमा सम्पन्न निर्वाचनको मतपरिणामअनुसार पौडेल-कोइराला समूहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको हो । कुल मत गणना सम्पन्न हुँदा तामाङले ३९३ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी उम्मेदवार संस्थापन समूहकी लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित भइन् । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाए । 

यसैगरी, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । खतिवडा प्यानलका उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत पाए ।

यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए ।

सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय नवीन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भए ।

यसअघिका प्रदेशसभा अधिवेशन, नगर अधिवेशनमा पनि पौडेल-कोइराला पक्षले जितेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार