सोसल मिडिया
Contact Us
युनिकोड
यता ओखलढुंगामा एमाले विभाजनपछि निर्माण भएको नेकपा एकीकृत समाजवादीले वडादेखि वडासम्म अभियान थालेको छ । ओखलढुंगाका सबै वडामा पार्टी कमिटी तथा जनवर्गीय संगठन निर्माणका लागि अभियान थालेको हो ।
यो अभियान सिद्धिचरण नगरपालिकाबाट सुरु भएको छ । एमालेले आफ्नो प्रभाव क्षेत्र मान्दै आएको नगरपालिबाट एकीकृत समाजवादीले गाउँ-गाउँमा आफ्नो उपस्थिति प्रभावकारी देखाउन अभियान थालिएको जिल्ला इन्चार्ज नेत्र भट्टराईले बताए । उनले भने, 'एमाले र अन्य पार्टीको कार्यशैलीका कारण इमानदार नेता कार्यकर्ता समाजवादीमा समाहित हुन थालेका छन् ।'
अभियानअन्तर्गत प्रशिक्षण तथा वडा कमिटी गठनका काम थालिएको पार्टीले जनाएको छ । सिद्धिचरण नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ९ मा पार्टी तथा युवा संघका कमिटी गठन तथा प्रशिक्षण सकिएको छ । वडा नम्बर ५ मा खेम दाहाल र ९ मा लालबहादुर खड्काको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको जिल्ला अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए ।
उनका अनुसार समाजवादीले जिल्लाभर अभियान चलाउने उनले बताए । वडादेखि वडासम्म अभियान संगठन सुदृढीकरण तथा प्रशिक्षणमा केन्द्रित हुने नेताहरूको भनाइ छ । एमालेमा असन्तुष्ट नेता कार्यकर्ताको एकीकृत समाजवादी रोजाइको पार्टी बनेको उनले बताए ।
समाजवादीले बनाएका पालिका तथा वडा कमिटीको नेतृत्वमा एमालेका नेता कार्यकर्ताहरू नै बढी देखिएका छन् । यसले अन्य पार्टीभन्दा एमालेका लागि चुनौती हुने नेता कार्यकर्ताको बुझाइ छ ।