एमाले महाधिवेशन : माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ – केपी ओली

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं, ७ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए । माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन ।   महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।' एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार