एमाले अधिवेशन : तेह्रथुमका ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन

मंगलबार, मंसिर ७, २०७८

तेह्रथुम, ७ मंसिर । एमाले तेह्रथुमले नयाँ नेतृत्व चयन गर्दै पलिका अधिवेशन  सम्पन्न गरेको छ । म्याङलुङ नगरपालिकामा गोविन्दबहादुर सोदेम्बा, फेदाप गाउँपालिकामा राम तिम्सिना, आठराईमा प्रेमराज पौडेल, मेन्छ्यायेम यादबबहादुर खापुङ, लालिगुराँस नगरपालिकामा गणेश सेने र छथर गाउँपालिकामा धर्मराज खुलाल चयन भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए । ९ कात्तिकमा देशैभर पालिका अधिवेशन तोकिए पनि बाढीपहिरोका कारण तोकिएको समयमा तेह्रथुममा पालिका अधिवेशन हुन सकेको थिएन । करिब दुई सातापछि वडा अधिवेशन सम्पन्न गरेको एमाले तेह्रथुमलाई पालिका अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सकस भएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार