थप २३८ मा कोरोना सङ्क्रमण पुष्टि

आइतबार, मंसिर ५, २०७८

काठमाडौँ, ५ मङ्सिर ।  देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । नौ हजार १२३ को पीसीआर परीक्षण गरिएको थियो ।  योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३१४ रहेको छ । पछिल्लो समय थप ३७० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ३५९ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय ४० हजार १४जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १६४ रहेको छ । हाल होम आइसोलेसनमा ६ हजार ६९६ छन् । संस्थागत आइसोलेसनमा ४६८ , आईसीयूमा २२७ र भेन्टीलेटरमा ५१ जनाको उपचार हुँदैछ ।   

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार