नेपाली कांग्रेस महोत्तरीका आठ क्षेत्र मध्ये चारमा सर्वसम्मत नेतृत्व चयन

आइतबार, मंसिर ५, २०७८
महोत्तरी, ५ मंसिर : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन सर्वसम्मत रूपमा टुंगिएको छ । बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । सहमति बनेका चार क्षेत्रबाट १८/१८ जना प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए । `बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा हामी निर्वाचन गर्ने छौं', उनले भने ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार