महामन्त्री कोइराला र नेता सिंहबीच महाधिवेशनबारे छलफल

शनिबार, मंसिर ४, २०७८

काठमाडौँ, ४ मङ्सिर । एकले अर्काेविरुद्ध कटु टिप्पणी गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच अचानक भेटवार्ता भएको छ । पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा आज भएको भेटमा १४औँ महाधिवेशनका बारेमा नेताद्धयले छलफल गरेका  थिए । महामन्त्री कोइराला र नेता सिंहबीच आगामी महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताइएको छ । केही दिन पहिले महामन्त्री कोइरालाले नेता सिंहप्रति लक्षित गरी पार्टीभित्र सिंहको सङ्गठन काठमाडौँमा जस्तो काठमाडौँ बाहिर नरहेको बताए पछि कोइरालाको यस्तो अविभव्यक्ति प्रति तीव्र असन्तुष्ठि व्यक्त गरेका थिए । भेटमा महामन्त्री कोइरालाले भेटमा नेता सिंहलाई आफूले अपमान गर्न नखोजेको स्पष्ट पारेका थिए । महाधिवेशन नजिकिएसँगै पछिल्लो समय नेताहरू एकापसमा भेटघाटलाई बाक्लो बनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार