सोसल मिडिया
Contact Us
युनिकोड
इजलास फर्कने असन्तुष्ट न्यायाधीशको कदमप्रति नेपाल बारले शंका व्यक्त गरेको भन्दै न्यायाधीशहरूले आफूहरू गोलाप्रथाबाट मुद्दा हेर्न इजालास गए पनि जबरासँगको इजलासमा भने नबस्ने निर्णय गरेका हुन् ।
बैठकपछि न्युज कारखानासँग कुरा गर्दै सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘गोलाप्रथाअनुसार हामी मुद्दा हेर्न इजलास जान्छौं, तर बार र प्रधानन्यायाधीशबीच सहमति नभएसम्म हामी उहाँ (जबरा) सँग इजलास सेयर गर्दैनौं ।’
ती न्यायाधीशका अनुसार जबराविरुद्ध बारले थालेको आन्दोलनमा समर्थनस्वरूप यस्तो निर्णय गरिएको हो ।
इजलास नफर्कंदा जनताले सास्ती पाएको भन्दै फर्कन राजी भएको, तर प्रधानन्यायाधीशमाथि बारले उठाएका प्रश्नमा न्यायाधीशहरू एकमत रहेको उनको भनाइ छ ।