कांग्रेस अधिवेशनमा लफडा, सर्लाहीका निर्वाचन अधिकृत कुटिए

बिहीबार, मंसिर २, २०७८

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सर्लाहीमा वडा तहको अधिवेशन हुँदैछ । गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो । आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृत नै कुटिएका छन् । मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । क्रियाशील सदस्यताको विषयमा बलरामा वडा अधिवेशन रोक्न माग गरेको र निर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उनीमाथि हातपात भएको हो । सर्लाहीमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह र प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको खेमामा कांग्रेस विभक्त छ ।  

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार