वैज्ञानिक समाजवादीको केन्द्रीय समितिले के-के निर्णय गर्‍यो

बुधबार, मंसिर १, २०७८

महोत्तरी, १ मंसिर । नेकपा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले औपचारिक रुपमा संगठनिक र संघर्षका कार्यक्रम अगाडि बढाउने भएको छ ।महोत्तरीको बर्दिबासस्थित किसाननगरमा बसेको पाटीको केन्द्रीय समितिको बैठकले सांगठनिक संरचनादेखि राष्ट्रिय भेलाको विषयमा निर्णय गरेको हो ।

संघीय राजधानीमा २७,२८ र २९ माघमा राष्ट्रिय भेला गर्ने निर्णय भएको संयोजक विश्वभक्त दुलाल आहुतीले जानकारी दिए । देशव्यापी रुपमा विविध संघर्षका कार्यक्रमसमेत रहेको उनले बताए । 

१० मंसिरमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध खवरदारी गर्न देशका प्रमुख शहरमा प्रदर्शन गर्ने निर्णय पनि समाजवादीले गरेको छ । बैठकले १८ मंसिरमा एमसिसीको गलत सारको विषयमा हरेक प्रदेशको राजधानीमा गोष्ठी गर्ने, २८ मंसिरमा एमसीसीविरुद्ध देशैभर प्रदर्शन गर्ने, पुस महिनाभरी संसदीय व्यवस्थाको गलत चरित्र र यसले पार्ने प्रभावका विषयमा देशव्यापी जागरण अभियान चलाउने कार्यक्रम छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार