माओवादी महाधिवेशनमा प्यानल उम्मेद्वारी दिन नपाइने

मंगलबार, कात्तिक ३०, २०७८
काठमाडौं, ३० कात्तिक : नेकपा माओवादी केन्द्रले ११-१३ पुसमा हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ ।  महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो । एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ ।
माअ‍ोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबार उद्घाटन गर्ने जनाएको छ ।
सात लाख हाराहारी कार्यकर्ताले जिम्मेवारी पाउने गरी माओवादीले महाधिवेशन प्रक्रिया थालेको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले प्रदेशमा सात जना, पालिकामा पाँच जना र वडामा तीन जनाको निर्वाचन समिति बनाएको छ । महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ । 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार