चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

मंगलबार, कात्तिक ३०, २०७८

बाजुरा, २९ कात्तिक । बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन् । यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन् । हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन् । चिसो सुरु भएपछि दुई सातादेखि हिमाली भेगका प्रायःजसो बस्तीहरूमा हिमपात भई जाडो बढ्ने भएपछि बेसीतिर लागेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार