सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीको छलफल निष्कर्षविहीन, भोलि फेरि बस्ने

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालतका ११ न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । नेपाल बारका उपाध्यक्ष रक्षा बस्याले ११ जना न्यायाधीशसँग समसामयिक विषयमा छलफल भएको र भोलि फेरि बस्नेगरी छुट्टिएको बताइन् । उनकाअनुसार न्यायलय शुद्धीकरणका विषयमा छलफल भए पनि आज कुनै टुंगो लागेन ।

छलफलका नेपाल बारका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल र महासचिव लिलामणी पौडेल तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार चार सातादेखि आन्दोलनमा छ भने न्यायाधीशहरुले पनि मुद्दा हेरेका छैनन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार