एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना

शुक्रबार, कात्तिक २६, २०७८

तेह्रथुम, २६ कात्तिक । नेकपा (एमाले) फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना चयन भएका छन् । बिहीबार सम्पन्न पालिका अधिवेशनले तिम्सिनाकाे अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हाे । उपाध्यक्षमा फिरोज सुब्बा, सचिवमा विशाल खड्का र उपसचिवमा नवीनचन्द्र चोङबाङ चयन भएको एमाले जिल्ला कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए । एमालेले ९ कात्तिकमै पालिका अधिवेशन गर्ने घाेषणा गरेपनि बाढीपहिरोका कारण तेह्रेथुममा अधिवेशन हुन सकेकाे थिएन । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार