सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा केन्द्र संसदसँग छलफल गरेकी छिन् । मन्त्री चौधरीले आज मन्त्रालयमा संसादहरुसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउन छलफल गरेकी हुन् । मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन । उनले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने विषयमा जोड दिइन् । छलफलमा बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो । छलफलमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै राहत वितरणलाई थप व्यवस्थित र शीघ्र बनाउनेमा जोड थियो । छलफलमा कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समिक्षा बास्कोटा, सांसद सुरेश चौधरी, सांसद जनक सिंह धामी, सांसद ओजस्वी श्रीचन,सांसद धर्म केसी, सांसद अनुश्का श्रेष्ठ, सांसद श्रद्धा कुँवर, सांसद सृजना श्रेष्ठ र सांसद राम लामाको सहभागी थियो ।