चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

शनिबार, भदौ १३, २०८३

काठमाडौँ । धादिङको सदरमुकाम धादिङबेँसीसँग सडक सम्पर्क पुनः स्थापित भएको छ । गत बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले पुल बगाएपछि धादिङ सदरमुकामसँग सम्पर्क विच्छेद भएको चार दिनपछि सडक सञ्चालनमा आएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहालका अनुसार आजदेखि धादिङ सदरमुकाम धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। “परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएको हो। योसँगै धादिङ सदरमुकाम धादिङबेँसी पुनः सडक सञ्जालमा जोडिएको छ,” उनले जानकारी दिँदै भनिन् । गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीले धादिङबेँसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार