बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार

शनिबार, भदौ १३, २०८३

काठमाडौँ । नेपाली सेनाले आज ४३ जना विदेशी नागरिकसहित विपद्मा परेका २०८ जनाको उद्धार गरेको छ । गत बुधबारदेखि भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढी प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकप्टरले आज दिउँसो २:३० बजेसम्म ३८ जना चिनियाँ र ५ जना भारतीयसहित २०८ जना नागरिकको उद्धार गरेको हो । साथै, त्रिशूली-३ हाइड्रोपावरको सुरुङ (टनेल) मा फसेको टोलीको उद्धारका लागि अस्थायी रूपमा बसेको संयुक्त टोलीले ड्रिलिङ मेसिनलगायतका सामग्री प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास गरिरहेको सेनाले जनाएको छ । प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ७ हजारभन्दा बढी जनशक्ति खटिएर घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र शव व्यवस्थापनको काम गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार