प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार, आज सर्वोच्च प्रवेशमै रोक लगाइने

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं, २६ कात्तिक : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने रणनीति लिएको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो। 

हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन गरेको थियो ।

शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए । बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ । 

नेपाल बार प्रधानन्यायाधीश जबराकाे राजीनामा माग गर्दै चरणवद्ध आन्दाेलनमा छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार