नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक शुक्रबार बस्ने

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं, २३ कात्तिक : नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने छ ।

स्थायी कमिटीको आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार