सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २५ कात्तिक : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो ।
एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले न्यूज कारखानालाई दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये नाै जिल्लाको अन्तिम परीणाम विभागमा आउन बाँकी छ । उनका अनुसार ६८ जिल्लाको संगठित सदस्यको विवरण आइसकेको छ ।
एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सबै जिल्लाको तथ्यांक हेर्दा मोरङ सबैभन्दा बढी संगठित सदस्य भएको जिल्ला बनेको बताए । बस्नेतका अनुसार मोरङपछि झापा छ ।
मोरङमा ३३ हजार ९ सय र झापामा २७ हजार ४ सय बढी संगठित सदस्य रहेको बस्नेतले बताए । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो ।
एमाले संगठन विभाग सचिव भुजेलका अनुसार प्रदेश कमिटीले अन्तिम रुप दिए पनि संगठन बिभागमा अहिलेसम्म प्रदेश २ का चार जिल्ला सिरहा, सर्लाही, धनुषा, र महोत्तरी, बागमति प्रदेशको काठमाडौं र सुदुरपश्चिम प्रदेशको चार जिल्ला बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आउन बाँकी छ ।
‘नाै जिल्लाको अन्तिम विवरण आउन बाँकी छ, अन्य जिल्लाको संगठित सदस्यको बिवरण आइसकेको छ,' विभाग सचिव भुजेलले भने, ‘७ लाख ५० हजारको अनुमान गरिएको थियो, उल्लेख्य संख्यामा सदस्यता नविकरण भएको देखियो, ९ जिल्लाको अन्तिम बिवरण आउँदा ८ लाख ५ हजार नाघ्ने देखिएको छ ।'
एमालेको महाधिवशन आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुँदैछ । एमालेले महाधिवेशनका लागि शुक्रबार देशैभर एकैपटक प्रतिनिधि छनोट गर्दैछ ।
एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार : काेही पार्टी सदस्य नै नभएका, काेही 'फरार' सूचीका
नेकपा (एमाले)काे १०औँ राष्ट्रिय महाधिवेशनकाे महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले सार्वजिनक गरेकाे विवरण अनुसार तत्कालीन संविधानसभा सदस्य हर्कबाेल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष माेहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताकाे उम्मेदवारी परेकाे छ ।
महाधिवेशन प्रतिनिधि दावी गर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य निशान श्रेष्ठ, युवा संघकी नेतृ थलु राजभण्डारी समेत छन् ।
निर्वाचन समितिले बिहीबार दिउँसाे सम्मका लागि उम्मेदवारी फिर्ता लिन सक्ने जनाएकाे छ । सहमतिका लागि प्रयास भइरहेकाे एमालेका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले बताए ।
उम्मेदवार पार्टी सदस्य नभएकादेखि 'फरार' सम्म
एमालेका महाधिवेशन प्रतिनिधीका उम्मेदवार पार्टी सदस्य नभएका र आपराधिक मुद्दामा फरार रहेका व्यक्तिसम्म छन् । उम्मेदवारी दर्ता गरेकी युवा संघकी नेता थलु राजभण्डारीकाे पार्टी सदस्यता नभएकाे, सिद्धिचरण नगरपालिकाकी उपप्रमुखकाे विधान अनुसारकाे याेग्यता नपुगेकाे भनेर निर्वाचन समितिले कैफियत लेखेकाे छ ।
त्यस्तै, वारेसबाट उम्मेदवारी दर्ता गराएका पेशल राज बुढाथाेकी प्रहरीकाे फरार सूचीमा छन् । ठगी मुद्दामा फरार उनकाे वारेसबाट उम्मेदवारी दर्ता गरिएकाे छ ।