सोसल मिडिया
Contact Us
युनिकोड
दार्चुला, २४ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुगेका अध्यक्ष नेपालले अहिले बनेको गठबन्धन स्थानीय तह, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रियसभा निर्वाचनमा यथावत रहने बताए । उनले केपी अोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गरे । उनले भने, “आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ ।” उनले अहिले घोषणा गरिएको कमिटीलाई सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गरे ।
'ढक्क हुनुहोस् डडेल्धुरामा एयरपोर्ट बन्छ'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डडेल्धुरामा एयरपोर्ट बन्ने बताएका छन्। डडेल्धुरा सदरमुकाममा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले डडेल्धुरामा एयरपोर्ट बनाउन आफूले बजेट विनियोजन गर्ने बताएका हुन्।
उनले डडेल्धुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमालस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री आलेले मंगलबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक नलविक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको जानकारी गराए।
उनले आफू काठमाडौं फर्किएलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने पनि बताए। ईआईएको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए पनि आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थान गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे।
साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस विमानस्थलको काम छिटोभन्दा छिटो अगाडि बनाउन पनि निर्देशन दिएको उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो काम अघि बढाउनुपर्यो भन्नुभएको छ। तपाईंहरू ढक्क हुनुहोस् डडेल्धुरामा एयरपोर्ट बन्छ।’
कार्यक्रममा नागरिक उड्डयनमन्त्री आलेले विमानस्थल निर्माण संवेदनशील भएको भन्दै ठेकेदारले बदमासी गर्नबाट जोगाउन आग्रह गर्नुभयो । “विमानस्थलमा बजेट विनियोजन हुन्छ, यसको निर्माणमा निगरानी गर्नुहोला”, उनले भने । उनले राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा विगतको सरकारबाट बजेटमा कटौती हुँदै गएको भन्दै अब मालिकार्जुन धाममा क्रमागतरूपमा चाहिने जति बजेट राखिने बताए।
सत्ता गठबन्धनलाई मजबुत बनाउन समन्वय समिति : मन्त्री रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकता महसुस गरे नै उच्चस्तरीय समन्वय समिति गठन गरिएको स्पष्ट पारेकी छन् ।
रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले गठबन्धन सरकारभित्र फेरि कुनै विग्रह नहोस भनेर नै सबै कुरा सहमति र समझदारीअनुसार गर्नको लागि नै समन्वय समिति गठन गरिएको स्पष्ट पारिन् ।
'हरेक कुरा सेयरिङ गरेर पारदर्शी रुपमा जान सक्यो भने, यो गठबन्धनलाई मजबुद पारेर लैजानको लागि र कतै मिस–अण्डरस्ट्याण्डिङ नहोस भनेर समन्वय समिति बनाईएको हो । गठबन्धन निर्वाचनसम्म सही किसिमले अघि बढाउनको लागि यो समिति आएको हो,’ उनले भनिन् ।
सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । जसको चौतर्फी विरोध भइरहेको छ ।