एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ उठाउने

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं, २४ कात्तिक । नेकपा एमालेले नेता कार्यकर्ताबाट झण्डै साढे सात करोड रुपैयाँ संकलन गर्ने भएको छ । चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले पार्टीका साधारण सदस्यबाट कम्तिमा एक सय रुपैयाँका दरले रकम संकलन गर्ने भएको हो । बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनका लागि ७ लाख ३० हजार पार्टी सदस्यबाट कम्तिमा प्रतिव्यक्ति सय रुपैयाँ खातामा जम्मा गर्न निर्देशन दिएको हो । '७ करोड ३० लाख रुपैयाँ अनलाइन माध्यमबाट पार्टी सदस्यले दान गर्नेछन्,' समितिका सदस्य एवं पार्टी प्रवक्ता योगेश भट्टराईले भने ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार