सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २२ कात्तिक :
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरी पार्टी काममा फर्किएका छन् ।
सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखेको नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘पार्टी केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर उहाँ (खनाल) प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठक बसेको छ,’ खतिवडाले भने ।
गत २० साउनमा नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गाैला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरिरहेका थिए ।
चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण उनी कुनै पनि कार्यक्रममा उपस्थित थिएनन् ।
नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक
नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले यसअघि पार्टी सचिवालयलगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ ।