सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २१ कात्तिक : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार शीतल निवासमा भेट गरेका छन् । आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा गएका हुन् । चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन् । ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई पुष्टि गर्दैै ओलीका सहयोगी रामशरण बजगाईंले भने, ‘राष्ट्रपति र अध्यक्षज्यूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।’