न्यायालयको समस्या समाधान गर्न गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं :  सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न  गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । 

पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय
गठबन्धनमा छलफल गर्ने’ निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका गतिविधिविरुद्ध सर्वाेच्च अदालतकै न्यायाधीश छन् । त्यस्तै, नेपाल बार एसोसिएसन पनि जबराको राजीनामा माग्दै चरणवद्ध आन्दोलनमा छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार