सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेकपा एमालेको १०औँ महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । एमाले प्रचार विभागले १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार २७ कात्तिकमा महाधिवेशन प्रतिनिधि चयन हुनेछ ।
निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधि चयन यसरी गरिनेछ :
नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल, लोकतान्त्रिक मधेसी संगठन, नेपाल खेलकूद महासंघ, आदिवासी–जनजाति महासंघ, नेपाल, पेशागत महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम ईत्तेहाद संगठन, प्रेस चौतारी, नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन, नेपाल बुद्धिजीवी परिषद, प्रगतिशील पेशागत कानून व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल उद्योग व्यवसायी महासंघ, प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल, मानव अधिकार एलाइन्स र राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालका सदस्यहरूबाट कम्तिमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि
२७ कात्तिकमा एकै दिन यसरी छानिँदै छन् प्रतिनिधि
नेकपा एमालेको १०औँ महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् ।
एमाले प्रचार विभागले १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार २७ कात्तिकमा महाधिवेशन प्रतिनिधि चयन हुनेछ ।