प्रधानन्यायाधीशको नेतृत्वमा दलाली सञ्जाल रहेछ : ललित महर्जन

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं ।  ललितपुर जिल्ला बारका अध्यक्ष ललित महर्जनले प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग माग्नु न्यायिक इतिहासमै लज्जास्पद घटना भएको बताएका छन्  
नेपाल बारले बुधबार आयोजना गरेको विरोध कार्यक्रममा उनले भने, ‘यो सबैका लागि लाजमर्दो स्थिति आएको छ । यो बेथिति, विसंगति, भ्रष्ट सोचविरूद्व सहज निकास दिएर न्यायलय जोगाउनुपर्छ ।’ 

‘प्रधानन्यायाधीश धेरै पहिलेदेखि विवादमा थिए । भागबन्डादेखि पूर्वडीआईजी रञ्जन कोइरालासम्मको मुद्दामा उनको अनुहार प्रस्ट देखिएको छ । ठूला मुद्दा छ भने ल्याउ, नेतृत्वसँग सम्पर्क र सेटिङ छ भन्ने आयो । कस्तो दलाली सञ्जाल रहेछ उहाँको नेतृत्वमा’ उनले भने । 

उनले भने, ‘प्रधानन्यायाधीश गन्हाइसक्नुभएको छ । स्व(बहिर्गमन गरेर न्यायलयको साख र उहाँको बचेखुचेको साख जोगाउनुपर्छ । होइन भने ठूलो क्षति हुनेछ । निकास आएन भने अझ सशक्त आन्दोलन गर्नुपर्छ । निरन्तर आन्दोलनमा रहनुपर्छ ।’

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार