सोसल मिडिया
Contact Us
युनिकोड
इलाम : कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले आफूहरू बाध्यताले सरकारमा गएको बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि इलाम सदरमुकाममा पत्रकारसँग कुरा गर्दै खाँडले दुई तिहाइको सरकार ढलेपछि बाध्यताले कांग्रेसले सरकारको नेतृत्व गरेको खाँडको भनाई छ ।
‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँडले भने । खाँडले बाढीपहिरोले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि खाँडले भत्किएको संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने बताएका हुन् । वर्षाका कारण सडकको धेरै ठाउँमा पहिरोले क्षति पुगेको छ ।
पहिरोले घरहरूमा समेत क्षति पुर्याएकाले चाडै ती संरचना निर्माणमा लाग्नुपर्ने मन्त्री खाँडको भनाई छ । गृहमन्त्री खाँड प्रधानमन्त्री देउवा निरीक्षणमा आएको एक सातापछि बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन् ।
पुनर्निर्माणको योजना बनाएर कार्यान्वयन गर्न आफूहरूले प्रभावित क्षेत्रको निरीक्षण गरेको खाँडले जानकारी दिए । निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेल, सडक विभागका महानिर्देशकलगायतको टोलीले इलाम र पाँचथरको प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।
कार्यवाहक प्रधानमन्त्री खाणले बैतडीको वर्षा प्रभावित क्षेत्र अवलोकन गर्ने
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण भोलि १७ कात्तिकमा बैतडीको ढुंगाड आउने भएका छन् ।
खाण वर्षाका कारण प्रभावित भएको सिगास गाउँपालिका- ५ को ढुंगाड आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव नरेन्द्र केसीले बताए ।
मन्त्री खाणको टोली बैतडीसहित बझाङ, डोटीलगायतका जिल्लाका बाढी प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । बैतडीको ढुंगाडमा बुधबार दिउँसो १२ बजे कार्यक्रम राखिएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले बताए ।
बाढी-पहिरोबाट प्रभावित भएका ठाउँका बासिन्दाहरूसँग भेट गरी मन्त्री खाणले भोलि नै काडमाडौं फर्किने कार्यक्रम रहेको छ ।